बझाङ : बझाङ हिमपहिरोमा परि घाईते भएका र मृतक पाँचैजनाको पहिचान खुलेको छ । आइतवार बझाङको सुर्मा गाउँपालिकामा गएको हिमपहिरोमा परेरका पाँचजना बेपत्ता भएका थिए ।
जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारी प्रहरी निरीक्षक रमेशदत्त अवस्थीका अनुसार हिमपहिरोमा परेर सुर्मा गाउँपालिका–३ काँटेकी रामकोइला देवी बोहरा र जयपृथ्वी नगरपालिका–११ की रमिता धामीको मृत्यु भएको छ । रामकोइलाको शव सदरमुकामस्थित जिल्ला अस्पतालमा ल्याइएको छ ।
यस्तै हिमपहिरोमा परि मृत्यु भएकी रमिता धामीको शव गाउँलेले फेला पारेका छन् । पहिरोमा परेर जयपृथ्वी नगरपालिका–११ चैनपुरका आकास धामी र सुर्मा गाउँपालिका–३ का बाबजी बोहरा घाइते भएका छन् । उनीहरुलाई सदरमुकाम ल्याउने प्रयास भइरहेको छ ।
हिमपहिरोमा पर्ने जयपृथ्वी नगरपालिका–११ की १४ वर्षीया जामती धामीको अवस्था भने अज्ञात रहेको छ । हिमपहिरो गएको धानसेरा पाटनमा उद्दार टोली पुगी सकेको छैन् ।