बैतडी : बैतडीमा मलामी गएका एक व्यक्ति घाइते अवस्थामा भेटिएका छन् ।
आइतवार बिहान पुर्चौडी नगरपालिका–८ डणपुर गाउँका ८२ वर्षीय जगी साउदको मलामी गएका स्थानीय धनसिंह साउद बेहोस भएको अवस्थामा भेटिएका हुन् ।
साउद गाउँका करिब ७० जना मलामीसँगै खोलाबगर चिहानघाट पुगेका थिए । बिहान करिब ७ बजे मलामी गएका धनसिंह साउद घाटबाट फर्किने बेला गाउँलेबाट अलग भएका थिए ।
साँझ घाइते साउदलाई उपचारका लागि हाट स्वास्थ्य चौकी लगिएको छ। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।