अत्तरियामा आयुष चौधरीले बनाए थ्रीसिक्स्टी भिडियो बुथ

अत्तरिया : कैलालीका आयुष चौधरीले थ्रीसिक्स्टी भिडियो बुथ बनाएका छन् । नेक्सुकर्नर र दुर्गालक्ष्मी आविष्कार क्लबको समुन्वयमा चौधरीले उक्त भिडियो बुथ बनाएका हुन् ।

सोमबार अत्तरिया चोकमा भिडियो बुथको एक कार्यक्रमका बिच उद्घाटन गरिएको छ । नेक्सुकर्नर क्लबका सदस्य समेत रहेका चौधरीले मोटरबाट चल्ने थ्रीसिक्स्टी भिडियो बुथमा मोबाईल राखेर भिडियो खिचिने बताए ।

टिकटकमा भिडियो बुथ भाईरल भएको देखेर आफुले पनि बनाएको उनले बताए । उनले एक हप्ता लगाएर आफ्नो र साथिहरुको सहयोगमा बनाएको बताए ।

दुर्गालक्ष्मी आविष्कार क्लबका संरक्षण समितिका सदस्य किरण भट्टको सभापतित्वमा आयोजित कार्यक्रममा दुर्गा लक्ष्मी नमुना माबिका विद्यालय व्यवस्थापन समिति अध्यक्ष गणेश शाह प्रमुख अतिथी रहेका थिए ।  नेक्सुकर्नर फाउण्डर जेनुअल सिदकी, नेक्सु कर्नरका अध्यक्ष सुर्य बहादुर थापा, नेपाली कांग्रेस कैलाली जिल्ला सदस्य प्रेमराज भट्ट, शिक्षक लोकेन्द्र भट्ट लगायत क्लबका पदाधिकारी र अन्य बिद्यार्थी तथा युवाहरुको सहभागिता रहेको थियो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शाहले नौलो कुराको आविष्कार गरेकोमा धन्यवाद ज्ञापन गरे । उनले अदभुत क्षमता भएका विद्यार्थी छन तर राज्यले लगानि नगरदिदा ओझेलमा परेको बताए । बिद्यालयमा पढिरहेका बिद्यार्थीहरुको क्षमता अभिवृद्धिका लागि समय समयमा आईटी सम्बन्धीका कार्यक्रम गर्नुपर्ने उनले बताए।

दुर्गालक्ष्मी आविष्कार क्लबका संरक्षण समितिका सदस्य किरण भट्टले प्रविधिको विकास संगसंगै विद्यार्थीहरु अगाडि बढिरहेको बताए । उनले क्लबले एउटा टिम बनाएर बिभिन्न कुराहरुको आविष्कार गरिरहेको तर सहयोग गर्नेको खाँचो रहेको बताए । स्थानिय तहले पनि यस बिषयमा चासो दिनुपर्ने उनको भनाई छ ।

चुरे गाउँपालिका दादुरा रोग सम्बन्धी सूचना
Leave A Reply

Your email address will not be published.