पुर्वराजा ज्ञानेन्द्र शाह आज अत्तरिया चोकमा रहेको राजा महेन्द्रको शालिकमा माल्यार्पण गर्ने

अत्तरिया : कैलालीको अत्तरिया चोकमा रहेको राजा महेन्द्रको शालिकमा पुर्वराजा ज्ञानेन्द्र शाहले आज माल्यार्पण गर्ने भएका छन् ।

नागरिक अभिनन्दन कार्यक्रममा सहभागिताका लागि धनगढीमा रहेका पुर्वराजा शाह आज बिहान ११ बजे अत्तरिया चोकमा रहेको राजा महेन्द्र शाहको शालिकमा माल्यार्पण गर्न लागेका हुन् ।

पुर्वराजा शाहको हिजो धनगढीमा नागरिक अभिनन्दन गरिएको थियो। पुर्वराजा शाह आईतबार नेपालगञ्जबाट स्थलमार्ग हुँदै धनगढी पुगेका थिए । सो क्रममा उनको स्वागतका लागि अत्तरियामा ठूलो सङ्ख्यामा मानिसहरु सडकमा उत्रिएका थिए ।

पुर्वराजा शाह आइतबार अत्तरियामा नरोकेर सिधै धनगढी गएका भएपनि आज भने पुनः शालिकमा माल्यार्पण गर्न अत्तरिया आउन लागेको सालिक पुननिर्माण समितिका सचीव अध्यक्ष दुर्गा कुमार पोखरेलले बताएका छन ।

चिसोबाट बच्ने उपाय सम्बन्धी जारी सन्देश
Leave A Reply

Your email address will not be published.