अत्तरिया : पुर्वराजा ज्ञानेन्द्र शाहले कैलालीको अत्तरिया चोकमा रहेको राजा महेन्द्रको शालिकमा माल्यार्पण गरेका छन् ।
धनगढी बाट सुर्खेत जाने क्रममा राज ज्ञानेन्द्रले आज अत्तरिया चोकमा रहेको शालिकमा माल्यार्पण गरेका हुन् ।
राजाले शालिकको माल्यार्पण गरेपछि चोकमा लाइनबद्ध बसेका उनका समर्थकहरुलाई उनले भेटेका छन भने अत्तरिया चोकमा परिक्रमा समेत गरेका थिए ।
सो क्रममा राजाको समर्थमा स्थानीयले चर्को नाराबाजी समेत गरेका थिए । राजाको स्वागतमा अत्तरिया चोकमा सयौंको संख्यामा मानिसहरुको भिड लागेकोे थियो ।
अत्तरिया चोकमा २०६२/०६३ को आन्दोलनका क्रममा भत्काइएको राजा महेन्द्रको शालिक पुनः निर्माण गरेर १ बर्ष अगाडी अनावरण गरिएको थियो ।
पुर्वराजा शाहलाई हिजो धनगढीमा नागरिक अभिनन्दन गरिएको थियो ।
सडक मार्ग हुँदै धनगढी आएका शाह सडक मार्ग हुदै आज सुर्खेत तिर लागेका छन् ।