धनगढी : कैलालीमा पछिल्लो समय लागुऔषध सम्बन्धी कारोवार गर्नेको संख्या बढेको प्रहरी तथ्याङ्कले देखाएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीको तथ्याङ्क अनुसार पछिल्लो ३ आर्थिक बर्षमा लागुऔषध सम्बन्धी कारोबार गर्नेको संख्या बढेको देखाएको हो ।
आर्थिक बर्ष २०७७/७८ मा लागुऔषध सम्बन्धी ९१ मुद्धा दर्ता भई १३२ जना पक्राउ परेका थिए । जसमा ३४६ ग्राम ७ सय ८६ मिलीग्राम ब्राउन सुगर, १५ किलो ५ ग्राम चरेस,२ हजार८६२ ट्याब्लेट नाईट्रोभेट, १ हजार १२२ ट्याब्लेट स्पास्मोप्रोक्सोभन, ९० सिसी क्लोरोफेनीरमाइन् म्यालेट एण्ड कोडेइन फस्फेइट स्पु्रफ, ७१ खुल्ला ट्याब्लेट सेतो रङ्को, ५ किलो ९१ ग्राम गाँजा, ५२० ट्रमाडोल ट्याब्लेट, ६९० क्लोरोफेनीरमाइन् म्यालेट, १५ ग्राम अफिम बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
यस्तै आर्थिक बर्ष २०७८/७९ मा लागुऔषध सम्बन्धी कारोवार गर्नेको संख्या बढेको छ । सो आर्थिक बर्षमा २०१ लागुऔषधका मुद्धा दर्ता भएकोमा २९७ पुरुष र १८ जना महिला गरि ३ सइ १५ जना पक्राउ परेका छन् । उनीहरुबाट ४६९ ग्राम ६१२ मिलीग्राम खैरोहिरोइन बरामद गरिएको छ । यस्तै ३५५५ ट्याब्लेट नाईट्रोभेट, १२१५ क्याप्सुल स्पास्मो, ४४ किलो ४७५ ग्राम ७९७ मिलीग्राम चरेश, ८० क्याप्सुल नाईट्राजपाम, २३ थान प्रोयल स्पान, २८ दशमलव २ ग्राम गांजा र ८ थान ट्रमाडोल, मनोदिपक २० ग्राम बरामद गरिएको प्रहरीले जनाएको छ ।
यस्तै चालु आर्थिक बर्ष २०७९/८० मा पनी लागुऔषध सम्बन्धी कारोबार र पक्राउ पर्ने संख्यामा बृद्र्धि भएको जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी कुलदिप चन्दले बताएका छन् । उनका अनुसार आर्थिक बर्ष २०७९/८० को बैशाख महिनासम्म २७० ओटा मुद्धा दर्ता भएकोमा ३६२ जना पुरुष र ४१ जना महिला गरि ४ सय ३ जना पक्राउ परेका छन् । उनले अघिल्लो दुई आर्थिक बर्षको तुलनामा चालु आर्थिक बर्षको हालसम्म सो संख्यामा बढेको उनले बताए ।
६६४ ग्राम ८८ मिलीग्राम खैरोहिरोईन, ६७९ ट्याब्लेटनाईट्रोभेट, २४४ स्पास्मो, ४३ किलो ३९३ ग्राम चरेश, १२०० क्याप्सुल नाईट्राजपाम, १ किलो १४८ ग्राम गांजा, ६ डाईजापाम र ७ ब्रुनुफिन बरामद गरिएको डिएसपी चन्दले बताएका छन् ।
![चिसोबाट बच्ने उपाय सम्बन्धी जारी सन्देश](https://sudurdrishti.com/wp-content/uploads/2024/06/05802300-copy.jpg)