अछाम : अछाममा करेन्ट लागेर युुवकको मृत्यु भएको छ ।
मेल्लेख गाउँपालिका वडा नम्बर ४ सेलगाउँ बस्ने २५ वर्षीय सर्जने साउँदको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
उनको मंगलबार दिउँसो मृत्यु भएको हो । हात्तीकोटदेखि सेलगाउँतर्फ बिजुलीको लाइन विस्तार गर्ने क्रममा करेन्ट लागेर उनको घटनास्थलमै मृत्यु भएको हो ।
