भिरबाट लडेर बाजुरामा एक बालिकाको मृत्यु

बाजुरा : बाजुरामा भिरबाट लडेर एक बालिकाको मृत्यु भएको छ ।

जिल्लाको बडिमालिका नगरपालिका–८ पुजारी टोलकी १० वर्षीय ललिता रावलको भिरबाट लडेर मृत्यु भएको हो ।

मङ्गलवार सदरमुकाम मार्तडी नजिकैको झाल्या लेकबाट घरका लागि हिँडेकी ललिता भिर बाटो भन्ने ठाउँबाट लडेर घटनास्थलमै मृत्यु भएको हो ।

बालमन्दिर आधारभूत विद्यालय कक्षा ४ मा अध्ययनरत उनी ललिता आमा कमला रावलसँग गाई वस्तु हेर्न लेकतिर गएकी थिइन् ।

चिसोबाट बच्ने उपाय सम्बन्धी जारी सन्देश
Leave A Reply

Your email address will not be published.