गोदावरी-३ ढकौवामा फलामे तथा काठे पुल निर्माण, नगरप्रमुखद्धारा उद्घाटन

अत्तरिया : कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ३ ढकौवामा निर्माण गरिएको फलामे तथा काठे पुलको उद्घाटन गरिएको छ । उक्त पुलको आज एक कार्यक्रमका विच गोदावरी नगरपालिकाका नगरप्रमुख विरेन्द्र भट्टले उद्घाटन गरेका हुन् ।

उद्घाटन पश्चात बोल्दै नगरप्रमुख भट्टले बर्षा अगाढी नै अस्थाई रुपमा भएपनि स्थानियलाई केही सहजताका लागि पुल निर्माण गरिएको बताए। उनले ठुलो पुल बनाउन आवश्यक रहेको बताउदै आफ्नो कार्यालयबाट नहुनेभएतापनि आफ्नो पोजिसनको हिसावले पनि दुई बर्ष भित्र उक्त पुल निर्माण गराउनमा लागिपर्ने बताए ।

उक्त पुलले गोदावरीका वडा नं.३, १०, ११, १२, र कञ्चनपुरको कृष्णपुर नगरपालीका वडा नं. ५ को बस्ती जोड्ने छ । ६५ फिट लम्बाई र ६ फिट चौडाई भएको पुल करिब ५ लाख ५० हजार लागतमा निर्माण सम्पन्न भएको पुल निर्माण समितीका अध्यक्ष इन्द्र बहादुर बोहराले बताए । पुल निर्माणका लागी गोदावरी नगरपालिकाबाट ४ लाख र वडा कार्यालयबाट १ लाख ५० हजार बजेट सहयोग गरेको उनले बताए । गोदावरी नगरपालिका वडा नं. ३ र १० का युवा क्लब, स्थानिय समाजसेबीको पहलमा उक्त पुल निर्माण गरिएको हो । पुलबाट साईकल, मोटरसाईकल र अटो सम्मका सवारीसाधनहरु लैजान मिल्ने अध्यक्ष बोहराले बताए ।

पुल निर्माण समितीका अध्यक्ष इन्द्र बहादुर बोहराको सभापतित्वमा भएको पुल उद्घाटन कार्यक्रममा गोदावरी नगरपालिकाका नगरप्रमुख विरेन्द्र भट्ट प्रमुख अतिथी रहेका थिए । कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष तेज राज अवस्थी बिशिष्ठ अतिथी रहेका थिए भने अतिथीमा समाजसेवी, बुद्धीजिबी उद्योगी, ब्यापारी, संघ संस्थाका प्रनिनिधी लगायतको सहभागिता रहेको थियो । कार्यक्रमका संयोजक खडक बोहराको स्वागत मन्तव्य रहेको कार्यक्रममा बहुमूखी कला मन्दिर युवा क्लबका अध्यक्ष राम बहादुर बोगटीले सञ्चालन गरेका थिए ।

बर्षातको समयमा नदी वारपारगर्दा समस्या भोग्दै आएका स्थानियहरु अहिले नदीमा फलामे तथा काठे पुल निर्माण भएपछी आवत जावत गर्न सहज हुने भन्दै हर्षित भएका छन् । पुलको अभावमा समस्या झेल्दै आएका स्थानिय नदीमा फलामे तथा काठे पुल निर्माण संगै सहज हुने स्थानिय बहुमूखी कला मन्दिर युवा क्लबका अध्यक्ष राम बहादुर बोगटीले बताए ।

उनले दैनिक हजारौ मानिस तथा सवारी साधनहरु आवत जावत हुने हुदा बिगतका बर्षहरुमा पनि युवा क्लब तथा स्थानियहरुको सहयोगमा साईकल तथा मोटरसाईकल जान सक्ने सानो काठे पुल निर्माण गरेको बताए । तर २\३ महिना रहे पनी बर्षातमा बगाउने र समस्या उस्तै रहने उनले बताए । पुलको अभावमा बैकल्पिक बाटा अपनाउदा समय धेरै लाग्ने र बिभिन्न समस्या झेल्नु परेको थियो । अब भने फलामे तथा काठे पुलको निर्माण संगै ति समस्याहरु केही हद सम्म समाधान हुने बोगटीले बताए ।

स्थानिय रमेश ताम्राकारले विगतमा पुल नहुदा निकै समस्या भएको बताउदै अहिले निर्माण भएको फलामे तथा काठे पुलले केही समय सहजता हुने बताए । सबै स्थानियहरुले आ–आफ्नो क्षेत्रबाट गरेको सहयोगले पुल निर्माण भएको बताईएको छ ।

मोहना नदी स्थित ढकौवामा २०७७ साल कार्तिकमा पनि करिब ३ लाख १५ हजार लागतमा फलामे तथा काठे पुल निर्माण गरिएको थियो तर उक्त पुल २०७९ साल २३ गते राति आएको बढीले बगाएको स्थानियले बताएका छन् । तर चुनावको बेला बिभिन्न ठाउमा जनताहरुलाई आवश्यक पर्ने पुलका लागी मुख्य एजेन्डा बनाएका नेताहरुले अझै पनि दिर्घकालिन कुनै पहल नगरेको स्थानियहरुको गुनासो छ ।

२०७७ साल कार्तिकमा निर्माण गरिएको पुल

चिसोबाट बच्ने उपाय सम्बन्धी जारी सन्देश
Leave A Reply

Your email address will not be published.