अत्तरियामा वर्ल्डलिंकले वितरण गर्यो पिउने पानि तथा जुस

अत्तरिया‌ : कैलालीको अत्तरिया बजारमा सर्वसाधारणलाई निःशुल्क शुद्ध पिउने पानि तथा जुस वितरण गरिएको छ । वर्ल्डलिंक अत्तरिया शाखाले गर्मि बढेसंगै बजारमा हिँडडुल गर्ने सर्वसाधारणलाई पानि तथा जुस वितरण गरेको शाखा प्रमुख राजन तिमिल्सिनाले बताए ।

उनले हरेक प्राणीका लागि पानी अत्यावश्यक भए पनि बजारमा गर्मिको समयमा सहज रुपमा पानी नपाउने भएकाले निःशुल्क पानी वितरणको अभियान थालिएको बताए । अर्को हप्तापनि वर्ल्डलिंक अत्तरिया शाखाले बजारमा आउने सर्वसाधारणलाई पानि तथा जुस वितरण गरिने शाखा प्रमुख तिमल्सिनाले बताए ।

यस क्षेत्रमा वर्ल्डलिंकका हाल सम्म २५ सय ग्राहक रहेका छन् । अहिले वर्ल्डलिंक बजारको नम्बर एक इन्टरनेट सेवा प्रदायक कम्पनी (आईएसपी) हो । कम्पनीका अनुसार नेपालमा अहिले वर्ल्डलिंकमा ग्राहकको बढी रुचि छ ।

वर्ल्डलिंक सेवाका ग्राहक पनि बढ्दैछन् गएका छन भने कम्पनीले सेवाको गुणस्तर सकेसम्म अझै बढाउने पक्षमा रहेको बताईएको छ ।

चिसोबाट बच्ने उपाय सम्बन्धी जारी सन्देश
Leave A Reply

Your email address will not be published.