कैलाली–५ मा २ सय जना एमाले प्रवेश

धनगढी : कैलाली निर्वाचन क्षेत्र नम्बर ५ मा सत्तारुढ गठबन्धनको वडा निर्वाचन परिचालन समितिका सचिवसहित दुई २ सय जना नेता तथा कार्यकर्ता नेकपा एमालेमा प्रवेश गरेका छन् ।

धनगढी उपमहानगरपालिका– १ मा बाम लोकतान्त्रीक गठबन्धनको निर्वाचन परिचालन समितिका सचिव रामकुमार घिमिरेसहित २ सय जना बिभिन्न पार्टी परित्याग गर्दै नेकपा एमालेमा प्रवेश गरेका हुन् ।

Godawari_Tato hawa_Lu

एमालेको वडा कमिटिले आयोजना गरेको कार्यक्रममा प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार समेत रहेका कैलाली इन्चार्ज नारदमुनी रानाले उनीहरुलाई पार्टीमा स्वागत गरेका हुन् ।

पार्टी प्रवेश कार्यक्रममा इन्चार्ज रानासँगै प्रदेशसभा (२) का उमेदवार दुर्गाप्रसाद जोशी, प्रदेश सचिव धर्मराज पाठक, केन्द्रीय निर्वाचन आयोगका सदस्य रण बहादूर चन्द, जिल्ला उप सचिव लोकेन्द्र शाही लगायतको उपस्थिती रहेको थियो ।

Naba Durga Sunchadi
Leave A Reply

Your email address will not be published.