गोदावरीमा भलमन्सा समितिद्धारा छलफल कार्यक्रम

अत्तरिया : कैलालीको गोदावरीमा गठित भलमन्सा समितिले छलफल कार्यक्रमको आयोजना गरेका छन । भलमन्सा समितिले आगामी आर्थिक वर्षको निति तथा कार्यक्रममा बडघर-भलमन्साहरुको भुमिका विषयमा छलफल कार्यक्रम आयोजना गरेको हो ।

छलफलमा नगरका २८ वटा गाउँका भलमन्सा तथा थारु समुदायका स्थानिय बुद्धिजिविहरुको सहभागीता रहेको छ ।

गोदावरी नगरपालिका वडा नं. ८ का भलमन्सा किस्नु चौधरीका अनुसार कार्यक्रममा थारु समुदायका हक अधिकारसम्बन्धी वुदागत रुपमा छलफल गरिएको छ ।

तत्काल भल्मन्सा,बडघर, मटाँवा प्रणाली सम्बन्धी ऐन नियम बनाई लागु गर्नुपर्ने, भल्मन्सा, बडघर, मटाँवाहरुलाई थप अधिकार दिनुका साथै आर्थिक, भौतिक, प्राविधिक सहयोग स्थानिय सरकारले प्रदान गर्नुपर्ने, भलमन्सा, बडघर तथा मटाँवाहरुलाई उचित मर्यादा, सम्मान तथा सुविधा प्रदान गर्नुपर्ने, पालिकाको बैठकमा पदेन समस्यको रुपमा आमन्त्रण गरि सहभागी गराईनुपर्ने, न्यायिक समिति र मेलमिलाप केन्द्रमा मुद्धा मामिलाको छलफल हुँदा सम्बन्धीत भलमन्सा, बडघर, मटाँवालाई अनिवार्य रुपमा आमन्त्रण गरी सहभागी गराईनुपर्ने माग गरिएको छ ।

त्यस्तै थारुहरुको भाषालाई स्थानिय सरकारले आफ्नो सरकारी कामकाजको भाषाको रुपमा तत्काल मान्यता दिई कार्यविधि र निर्देशिका समेत बनाई लागु गर्नुपर्ने, थारु समुदायको मुख्य–मुख्य चाडपर्वहरुमा उचित विदा स्थानिय सरकारले प्रदान गर्नुपर्ने, थारु समुदायसँग सम्बन्धीत मेला, जात्रा, पर्वहरुको आयोजना गर्नका लागि निश्चित रकम उपलब्ध गराउनुपर्ने, थारुहरुका देवथान तथा सभाहल बनाउनका लागि आर्थिक स्रोतको प्रबन्ध मिलाईनुपर्ने, थारु समुदायका कला, संस्कृतिको संरक्षण र संर्वद्धनका लागि विभिन्न कार्यक्रमहरु आयोजना गरिनुपर्ने हक अधिकारसम्बन्धी छलफल तथा माग गरिएको छ ।

थारु जातिका हक अधिकारका विषयमा उठाईएका मागहरु मागहरु स्थानिय सरकार समक्ष पेश गरिने छ ।

चिसोबाट बच्ने उपाय सम्बन्धी जारी सन्देश
Leave A Reply

Your email address will not be published.