प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणमा सुदूरपश्चिमका दुई एजेन्डा समावेश

काठमाण्डौ : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड चारदिने भारत भ्रमणमा जाने भएका छन्। प्रधानमन्त्री प्रचण्डको चारदिने औपचारिक भारत भ्रमणको तालिका शनिवार सार्वजनिक भए अनुसार प्रचण्ड बुधवार भ्रमणमा जाने भएका हुन्। नेपालको परराष्ट्र मन्त्रालय र भारतको विदेश मन्त्रालयले छुट्टाछुट्टै विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री दाहालले जेठ १७ देखि २० सम्म भारतको औपचारिक भ्रमण गर्ने बताएका हुन्।

Godawari_Tato hawa_Lu

भारतीय समकक्षी नरेन्द्र मोदीको औपचारिक निम्तोमा प्रधानमन्त्री दाहालले भारत भ्रमण गर्न लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ । गत पुस १० मा प्रधानमन्त्री बनेका दाहालको यो पहिलो विदेश भ्रमण हो। भारतीय प्रधानमन्त्री मोदीसँग जेठ १८ मा दिल्लीस्थित हैदराबाद हाउसमा प्रतिनिधिमण्डलस्तरीय वार्ता गर्ने तयारी छ । वार्तापछि संयुक्त पत्रकार सम्मेलन पनि हुनेछ । यस भ्रमणमा सुदूरपश्चिमका दुई एजेन्डा समावेश भएका छन्।

कञ्चनपुरको दोधारा–चाँदनी एकीकृत जाँच चौकी र सुख्खा बन्दरगाहमा समझदारी तथा भैरहवा र महेन्द्रनगरबाट दुईतर्फी हवाई रुट उपलब्धताको एजेन्डा समावेश गरिएको हो। यस्तै नेपाल र भारतका कम्पनीबीच अन्तरदेशीय डिजिटल भुक्तानी सम्झौता, नेपालगञ्ज एकीकृत चौकी उद्घाटन तथा भैरहवा एकीकृत जाँच चौकीको शिलान्यास, विराटनगर रेल यार्ड उद्घाटन, सिलिगुडी–झापा र अमलेखगन्ज–लोथर पेट्रोलियम पाइपलाइन सम्बन्धी एजेन्डा उठाउने गृहकार्य भइरहेको छ ।

नेपाल टेलिभिजन च्यानल भारतमा प्रसारण, बंगलादेशसँग विद्युत् व्यापारमा भारतको सहजीकरण र प्रसारण लाइन निर्माणमा सहयोग, २५ वर्षसम्म विद्युत् व्यापार सम्झौता, तल्लो अरुण र फुकोट कर्णालीमा २१.९ प्रतिशत बिजुली पाउने गरी सम्झौता, न्यु मोदी–लेखनाथ प्रसारण लाइन उद्घाटन तथा गोरखपुर प्रसारण लाइन शिलान्यासलगायतका एजेन्डा नेपाली पक्षले भारतसँग उठाउने विषयमा तयारी गरिएको छ ।

Naba Durga Sunchadi
Leave A Reply

Your email address will not be published.