बेहडाबाबा धाममा आजबाट गंगादशहरा मेला सुरु

धनगढी : कैलालीको धार्मिक तथा पर्यटकीय स्थल बेहडाबाबा धाममा गंगादशहरा मेला आजबाट सुरु भएको छ । धनगढी उप–महानगरपालिका वडा नम्वर-१६ मा रहेको उक्त मन्दिरमा आजबाट गंगादशहरा मेला सुरु भएको हो ।

धार्मिक पर्यटकहरुको आस्थाको केन्द्रको रुपमा विकसीत भएको बेहडाबाबा मन्दिरमा स्थानीय स्तरबाटै आयोजना गरिएको मेला आजदेखि सुरु भएको छ ।

बेहडाबाबा धार्मिक क्षेत्रको उचित प्रचार प्रसार गर्नका लागि प्रत्येक वर्ष ज्येष्ठ शुक्ल नवमीदेखि चर्तुदर्शी सम्म मेलाको आयोजना हुदै आएको छ । गंगादशहरा मेलामा भारतीय पर्यटकहरुको घुईचो लाग्ने गरेको छ ।

मेला आयोजनाले बेहडाबाबालाई आन्तरिक र बाह्य पर्यटकहरुको मुल गन्तव्य बनाउन टेवा पुग्ने विश्वास गरिएको छ । यस अवसरमा धनगढी उपमहानगरपालिकाले आज सार्वजनिक विदा दिएको छ ।

चिसोबाट बच्ने उपाय सम्बन्धी जारी सन्देश
Leave A Reply

Your email address will not be published.