अत्तरिया : कैलालीको अत्तरियामा रहेको उग्रतारा सुनचाँदी गहना पसल नयाँ व्यवस्थापनका साथ सञ्चालनमा आएको छ । अत्तरियाको धनगढी रोडमा लामो समयदेखी सञ्चालनमा रहेको उक्त पसल अब अत्तरिया चोक नजिकै रहेको चौधरी गल्लीमा सञ्चालनमा आएको हो ।
गोदावरी नगरपालिका वडा नं. १ चौधरी गल्लीमा करिब ७० लाखको लागतमा सञ्चालन गरिएको पसलले डेढ दशकदेखी अत्तरियामा सेवा दिदै आईरहेको सञ्चालक चेत बहादुर बोहराले बताए । आज विधिवत रुपमा पसलको उद्घाटन गरिएको छ ।
सुनचाँदीका गरगहना वारेन्टीका साथ तयार गरिने, अर्डर बमोजिमका गहनाहरु ग्यारेन्टीका साथ तयारी गरिनुका साथै गरगहनाहरु खरिद बिक्री पनि गरिने बताए ।
उक्त पसलको शाखा गोदावरी वडा नं. २ अत्तरिया महेन्द्रनगररोड स्थित लोटस गल्लीमा उग्रतारा सुनचाँदी ज्वैलर्स रहेको पनि सञ्चालक बोहराले जानकारी गराए ।