बझाङमा जीप दुर्घटना हुदा ४ जनाको घटनास्थलमै मृत्यु

अत्तरिया : बझाङमा जीप दुर्घटना हुँदा चार जनाको घटनास्थलमै मृत्यु भएको छ ।

जिल्लाको मष्टा गाउँपालिका–४ को चिउरीमा आज (बुधबार) दिउँसो डुङ्ग्रीबाट मष्टातर्फ गइरहेको जीप दुर्घटना हुँदा चार जनाको घटनास्थलमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

बझाङका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) जागेश्वर भण्डारीले चार जनाको शव निकालेको र घाइतेहरुको उद्दार गर्ने क्रम जारी रहेको बताए । थप विवरण आउन केही समय लाग्ने प्रहरीले बताइएको छ।

चिसोबाट बच्ने उपाय सम्बन्धी जारी सन्देश
Leave A Reply

Your email address will not be published.