कञ्चनपुर : कञ्चनपुरमा एक किशोरीको सर्पको टोकाइबाट मृत्यु भएको छ ।
जिल्लाको पुनर्वास नगरपालिका भीमबस्तीकी १४ वर्षीया हेमा जोशीको सर्पको टोकाइबाट मृत्यु भएको हो ।
उनलाई उपचारका लागि सेती प्रादेशिक अस्पताल ल्याइएको थियो । तर उपचारको क्रममा उनको आज मृत्यु भएको प्रहरीले जनाएको छ ।
