काठमाडौं : रेशम चौधरीलाई आममाफी दिने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा पेश भएको रिट निवेदन दर्ता भएको छ ।
टिकापुर घटनामा मारिएका इन्स्पेक्टर केशव बोहोराकी श्रीमती शारदा कडायतले आइतबार दिएको रिट निवेदलाई सर्वोच्चले दर्ता गरेको हो ।
सर्वोच्चका प्रवक्ता विमल पौडेलका अनुसार रिटको पेशी बुधबारका लागि तोकिएको छ ।
टीकापुर हत्याकाण्डमा दोषी ठहर भई जेलसजाय भोगिरहेका नागरिक उन्मुक्ति पार्टीका संरक्षण रेशम चौधरीलाई गणतन्त्र दिवसको अवसर पारेर सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले आमाफी दिएका हुन् ।
जन्मकैद भएका चौधरीलाई सरकारले १३ वर्ष कैद मिनाहा दिएको छ ।