करेन्ट लागेर शिक्षकको ज्यान गयो

दार्चुला : दार्चुलामा करेन्ट लागेर एकजना शिक्षकको ज्यान गएको छ । अपिहिमाल गाउँपालिका वडा नम्बर ३ का दमनसिंह कार्कीको मंगलबार करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

शिक्षक कार्की अपिहिमाल गाउँपालिका वडा नम्बर ४ स्थित सरस्वती आधारभूत विद्यालय मरखोलामा बिगत ८ वर्ष देखि अध्यापनरत रहेका थिए ।

आफ्नै घर नजिकको बिजुलीको पोलमा चढेर विद्युत मर्मत गरिरहेका बेला करेन्ट लागेर कार्कीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

चिसोबाट बच्ने उपाय सम्बन्धी जारी सन्देश
Leave A Reply

Your email address will not be published.