नेपाल–भारत काव्य गोष्ठी सम्पन्न, ११ बुँदे घोषणापत्र जारी

बैतडी : नेपाल–भारत काव्य गोष्ठी सम्पन्न भएको छ । बैतडीको डिलाशैनी गाउँपालिका–६ गोकुलेश्वरमा आयोजित चर्मण्यावती साहित्य सम्मेलत तथा गोष्ठी सोमवार र मंगलवार सञ्चालन गरिएको थियो ।

स्थानीय लोक संस्कृतीको संरक्षण गर्ने उद्देश्यले डिलाशैनीमा कार्यक्रम गरिएको युवा अभियान्ता महेश दत्त भट्टले बताए । कार्यक्रममा नेपाल र भारतका कवि तथा साहित्यकारहरुले मानसखण्ड क्षेत्रको लोक संस्कृति जगेर्ना गर्न सबैले आ-आफ्नो क्षेत्रबाट भुमिका खेल्नुपर्ने बताएका छन् । भारतका साहित्यकार तथा नसामुक्त अभियानका अभियान्ता डा.पिताम्बर अवस्थीले यस क्षेत्रका पुराना कुवा, पँधेरा एवं पहिरनहरुको संरक्षण गर्नुपर्ने बताए ।

Godawari_Tato hawa_Lu

पछिल्लो समय युवाहरुमा देखिएको लागुऔषध दुव्र्यसनीलाई नियन्त्रण गरि सक्षम एवं साँस्कारिक युवा बनाउन आवश्यक भएको उनको भनाई छ ।

मंगलवार डिलाशैनी गाउँपालिका अध्यक्ष सन्तोष प्रकाश जोशी र राष्ट्रियता संरक्षण अभियानका अभियान्ना हेमबाबु लेखकद्वारा संयुक्त हस्ताक्षरित ११ बुँदे घोषणापत्र जारी गर्दै कार्यक्रम सम्पन्न भएको हो ।

घोषणापत्रमा चर्मण्यावती नदी तटीय क्षेत्रको संरक्षण तथा विकासका लागि यस क्षेत्रका पालिकाहरुको संयुक्त प्रयासबाट चर्मण्यावती तटीय क्षेत्र विकस समिति गठनको पहल गर्ने र प्रदेश स्तरीय विकास समिति गठन माग गर्ने, जेठ शुक्ल दशमी गंगा दशहराका दिन चर्मण्यावती दिवस मनाउने तथा भाषा, साहित्य, कला, संस्कृति, मानवशास्त्र, इतिहासको क्षेत्रमा कार्य गर्न स्थानीय प्रज्ञा प्रतिष्ठान गठन गर्ने तथा स्मारिका प्रकाशन गर्ने घोषणपत्रमा उल्लेख छ ।

डिलाशैनी गाउँपालिकाका अध्यक्ष सन्तोष प्रकास जोशीले चर्मण्यावती (चमेलीया नदी) सभ्याताको अध्ययन एवं प्रचारप्रसारका लागि भुमिका खेल्ने बताए । उनले नदी किनाराका अन्य स्थानीयतहहरुसंग पनि यसबारे छलफल गर्ने जानकारी दिए ।

Naba Durga Sunchadi
Leave A Reply

Your email address will not be published.