अत्तरियामा आज संघर्ष समितिद्वारा चक्काजाम

अत्तरिया : कैलालीको अत्तरिया चोकमा आज बिहान चक्काजाम गरिएको छ । शहिद दशरथचन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनार्थ संघर्ष समितिले बिहान ९ बजे देखि १० बजे सम्म १ घण्टा चक्काजाम गरेको हो ।

सरकारलाई दवाव दिन सुदुरपश्चिमको प्रवेशद्वार अत्तरिया चोकमा स्थानिय तथा विद्यार्थीहरुले सवारी साधनहरु बन्द गरेका थिए । दुर्गा लक्ष्मी बहुमुखी क्याम्पसका विद्यार्थीहरुले क्याम्पसबाट र्याली सहित चोकमा पुगेका थिए ।

उनिहरुले मेडिकल माफिया मुर्दाबाद, शहिद दशरथचन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनार्थ मिति २०७९ माघ २९ गते भएको मन्त्रिपरिषदको निर्णय कार्यान्वयन गर लगायतका नारा लगाएका थिए । १ घण्टा गरिएको चक्काजाम पछि सवारी साधनहरु सञ्चालनमा आएका छन् ।

गेटामा शहिद दशरथचन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनार्थ मिति २०७९ माघ २९ गते भएको मन्त्रिपरिषदको निर्णय कार्यान्वयनका लागि दवाद दिन चक्काजाम गरिएको संघर्ष समितिका संयोजक लोक राज पाण्डे (आगो) ले बताए । उनले जेठ १५ गते बजेट भाषणमा मन्त्रिपरिदको निर्णय विपरित १ सय शैय्याको मेडिकल प्रतिष्ठान बनाउने निर्णयका विरुद्ध आन्दोलनका कार्यक्रम अन्तरगत आज चक्काजाम गरिएको  बताए ।

आन्दोलनका कार्यक्रम अन्तरगत भोलि जेठ १९ गते मुख्यमन्त्री र जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाइने, जेठ २० गते विभिन्न राजनीतिक दलहरुसंग अन्तरक्रिया एवम् परामर्श गर्ने कार्यक्रम रहेको बताईएको छ । संघर्ष समितिले माग पुरा नभए जेठ २० गते पछि पुनः थप आन्दोलनका कार्यक्रम घोषणा गर्ने जनाएको छ ।

चिसोबाट बच्ने उपाय सम्बन्धी जारी सन्देश
Leave A Reply

Your email address will not be published.