अत्तरियामा सरकार बिरुद्ध एमालेले निकाल्यो राँके जुलुस

अत्तरिया : कैलालीको अत्तरियामा नेकपा एमालेले सरकार विरुद्ध प्रदर्शन गरेको छ । एमाले गोदावरी नगरकमिटीले बिहिबार साँझ  राँके जुलुस निकाल्दै सरकार विरुद्ध प्रदर्शन गरेको हो ।

गेटामा मेडिकल कलेजको लागि सरकारले गरेको पछिल्लो निर्णय, नागरिकता बिधेयक लगाएतका बिषयमा बिरोध जनाउँदै प्रदर्शन गरेको छ । नागरिकता विधेयक खारिज गर, गेटामा मेडिकल बिश्वबिद्यालय शुचारु गर, नालायक गठबन्धनका मतियार मुर्दाबाद लगायतका नारा लगाईएको थियो ।

पहाडरोडबाट शुरु भएको जुलुस बजार परिक्रमा गर्दै कोण सभामा परिणत भएको थियो । कोणसभामा बोल्दै नेताहरुले सरकार बिदेशीको इसारामा चलेको आरोप लगाएका थिए । निबर्तमान राष्ट्रपति बिद्यादेबी भण्डारीले रोकेको नागरिकता बिधेयक अहिलेको राष्ट्रपतिले सहजै स्वीकृत गर्नु रास्ट्र बिरोधि कदम भएको बताएका छन्।

हजारौं बिदेशीलाई नागरिकता दिएर नेपालीलाई बिस्थापित गर्ने षड्यन्त्रमा सरकार लागेको उनिहरुको भनाई छ । त्यस्तै गेटा मेडिकल कलेजको बारेमामा सरकारले गरेको पछिल्लो निर्णय पनि जनबिरोधी भएको बताएका छन् ।

यहाँबाट निर्बाचित जनप्रतिनिधिले पनि जनताको पक्षमा आवाज उठाउन नसकेको प्रती आक्रोश पोखेका छन् ।

विरोध प्रदर्शन कार्यक्रममा एमालेका नेत तथा कार्यकर्ताहरुको ठुलो सहभागीता रहेको थियो ।

चिसोबाट बच्ने उपाय सम्बन्धी जारी सन्देश
Leave A Reply

Your email address will not be published.