कृष्णपुरको समैजी माविमा पढाई मेला सम्पन्न

गुलरीया : कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नम्बर ४ मा रहेको समैजी माविमा पढाई मेला कार्यक्रम सम्पन्न भएको छ । बिहिबार एक औपचारिक कार्यक्रम आयोजना गरी पढाई मेला कार्यक्रम सम्पन्न गरिएको हो।

विद्यार्थीको सृजनशिलतालाई मध्यनजर गर्दै पढाई मेला कार्यक्रम गरिएको विद्यालयका प्रधानाध्यापक सन्दिप ओझाले बताए । उनले बिद्यार्थीहरुसंग रहेको अथाह सम्भावनालाई बाहिर निकाल्ने प्रयास गरेसंगै विद्यार्थीहरुको उत्साहजनक सहभागीता रहेको बताए । आगामी दिनमा पनि अझधेरै पढाई मेला सम्बन्धी कार्यक्रम गर्नुपर्छ जस्तो लागेको प्रधानाध्यापक ओझाले बताए ।

त्यस्तै वडा न.४ का अध्यक्ष धर्म ब.सिंहले विद्यार्थीलाई किताबि कोरा ज्ञान मात्र सिकाउनु भन्दा यस्ताखाले सृजनात्मक क्रियाकलापले विद्यार्थीहरुको अन्तरनिहित क्षमता प्रष्फुटन हुने बताए । उनले सार्वजनिक शिक्षाप्रति अभिभावकको विश्वास जित्न सबैले मिहनेत गर्नुपर्ने बताए।

पढाई मेला कार्यक्रममा सयौं विद्यार्थीहरुले तयार गरेका कला झल्किने चित्रहरु प्रदर्शनी गरिएको थियो । कार्यक्रममा अक्षर चिनारी, शब्द निर्माण, चित्रकला, शब्दाक्षरी, कविता वाचन, कथा लेखन, विज्ञान पर्दशनी, नृत्य कला प्रर्दशनी, शैक्षिक सामाग्री, प्रदर्शन, हस्तकला, माटोका भाँडा प्रर्दशनी लगायत एक दर्जन सामाग्रीको प्रदर्शन गरिएको हो ।

पढाई मेलामा करिब एक सय अभिभावक, सात सय विद्यार्थी र विद्यालयका कर्मचारी लगायत अन्य अतिथिको सहभागीता रहेको थियो । पढाई मेलामा विभिन्न प्रर्दशनीमा सहभागी २९ जना विद्यार्थीहरुलाई पुरस्कृत गरिएको थियो ।

चिसोबाट बच्ने उपाय सम्बन्धी जारी सन्देश
Leave A Reply

Your email address will not be published.