गेटामा स्वास्थ्य विश्वविद्यालय सञ्चालनको माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र

अत्तरिया : कैलालीको गेटामा शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापना गरेर ६ सय सय्याको अस्पताल संचालन गर्न माग गरिएको छ ।

शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनार्थ संघर्ष समितिले शुक्रबार सुदूरपश्चिमका मुख्यमन्त्री र जिल्ला प्रशासन मार्फत प्रधानमन्त्रीको कार्यालयलाई ज्ञापन पत्र बुझाउँदै २०७९ साल माघ २९ को मन्त्रिपरिषद्को निर्णय अनुसारको विश्वविद्यालय सञ्चालन गर्न माग गरिएको हो ।

ज्ञापन पत्रमा नेपाल सरकारले जेठ १५ गते आर्थिक वर्ष २०८०/८१ का लागि प्रस्तुत गरिएको बजेटमा गेटामा स्थापना गर्ने भनिएको १०० शैयाको अस्पताल र स्वास्थ्य विज्ञान प्रतिष्ठान प्रति घोर विरोध रहेको उल्लेख छ ।

मेडिकल माफिया र भ्रष्टाचारी नियतका राजनीतिकर्मीहरुको गठजोडले उक्त कामलाई विफल पार्ने काम भएको बताईएको छ । मागहरु यथासिघ्र सम्बोधन नभएमा संघर्षका कडा कार्यक्रम अन्तर्गत अनिश्चितकालिन सुदूरपश्चिम प्रदेश बन्द गर्ने समेत ज्ञापन पत्रमा चेतावनी दिइएको छ ।

चिसोबाट बच्ने उपाय सम्बन्धी जारी सन्देश
Leave A Reply

Your email address will not be published.