अत्तरिया : कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ४ खैराना पुल नजिकै बसले कारलाई ठक्कर दिदा एक जना घाईते भएका छन्।
हिजोराति पुर्वबाट पश्चिम तर्फ आईरहेको ना ४ ख ७२६९ नम्बरको बसले सोहि दिशा तर्फ आईरहेको बागमती प्रदेश ००१०२५ च ९३६७ नम्बरको कारलाई ठक्कर दिदा एकजना घाईते भएका सुदुरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ ।
दुर्घटनामा परि बसमा सवार धनगढी बोराडाँडीका ५४ बर्षिय खडक केसी घाईते भएका छन भने उनको टाउकोमा चोट लागेको र अत्तरिया स्थित पदमा अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ । कारलाई ठक्कर दिएर बस अनियन्त्रित भई सडकबाट १५ मिटर भित्र झाडिमा परेको बताईएको छ ।
बसका चालक ३० बर्षिय राम निवास चौधरी फरार रहेका छन भने बस घटना स्थलमा रहेको र कारलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।