स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनका लागी दबाब दिदै गेटामा सडक बहस

अत्तरिया : शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनार्थ शनिबार बिहान गेटामा सडक बहस गरेको छ । सघर्ष समितिले उक्त कार्यक्रम गरेको हो । सडक बहसमा बोल्ने सबै जसो बक्ताहरुले सरकारले माघ २९ गते मन्त्रिपरिषदबाट शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउने निर्णय कार्यान्वयनमा ल्याउन माग गरेका छन ।

बहसमा बोल्दै धनगढी उपमहानगरपालिकाका नगरप्रमुख गोपाल हमालले जनताका प्रतिनिधि र यहाँका स्थानीयले चाह्यो भने गेटामा ६ महिनामा राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापना गर्न सकिने ठोकुवा गरे । उनले मेडिकल विश्वविद्यालय स्थापनाका लागि सुदूरपश्चिमबाट प्रतिनिधि सभा, प्रदेश सभा र स्थानीय तहमा प्रतिनिधित्व गर्ने जनप्रतिनिधिले राज्यबाट प्राप्त स्रोतबाटै राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालन गर्न सकिने बताए। प्रतिनिधि सभाका सदस्यले एक वर्षमा ५ करोड पाउने बजेटमा उल्लेख छ। यहाँबाट १६ जना प्रतिनिधि सभा सदस्य छन्। यसबाट वार्षिक ८० करोड हुन्छ।

पाँच वर्षमा यो चार अर्ब हुन्छ। त्यस्तै प्रदेश सभा सदस्यले वार्षिक ९६ करोड पाउने गर्छन्। ३२ प्रदेश सभा सदस्य छन्। यसबाट ५ वर्षमा चार अर्ब ८० करोड हुन्छ। उपमहानगरपालिकाले एक वर्षमा ३० लाख पाउँछ। पाँच वर्षमा एक करोड ५० लाख हुन्छ। त्यस्तै ३३ नगरपालिकाको पाँच वर्षमा ३३ करोड हुन्छ भने ५४ गाउँपालिकाका प्रतिनिधिले पाँच वर्षमा २७ करोड प्राप्त गर्छन्।

यस्तो सुविधालाई राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापना गर्न छुट्याउने हो भने १० अर्ब बजेट संकलन हुन्छ। यस हिसाबबाट पनि गेटामा राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालन गर्न कुनै समस्या हुँदैन्। यसका लागि यहाँका जनप्रतिनिधि र स्थानीयको इच्छाशक्ति हुनु जरुरी रहेको उनले बताए। कार्यक्रममा

चुरे गाउँपालिकाका अध्यक्ष चक्र बहादुर बोगटी,बरिष्ठ अधिवक्ता डा. केदार चन्द्र भट्ट,गेटा मेडिकल कलेज पूर्वाधार निर्माण समितिका कार्यकारी निर्देशक हेमराज पुजारा, मालाखेती अस्पतालका अध्यक्ष डा. नर बहादुर मौनी लगाएतले आ आफ्नो धारणा राखेका थिए ।

संघर्ष समितिका संयोजक लोक राज पाण्डेको सभापतित्वमा भएको कार्यक्रमको संचालन संघर्ष समितिका सचिव धर्म सिह कुँवरले गरेका थिए ।

चिसोबाट बच्ने उपाय सम्बन्धी जारी सन्देश
Leave A Reply

Your email address will not be published.