गोदावरीका किसानलाई बंगुरका पाठापाठी वितरण

अत्तरिया : कैलालीको गोदावरीमा ४० जना किसानलाई बंगुरका पाठापाठी वितरण गरिएको छ । गोदावरी नगरपालिका – ६ बडेहाका ४० जना किसानलाई ८० वटा बंगुरका  पाठी र ५ वटा पाठा वितरण गरिएको हो ।

भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कैलालीको आर्थिक सहयोगमा जंगली बंगुरपालन किसान समुह मार्फत किसानहरुलाई ५० प्रतिशत अनुदानमा बंगुरका पाठापाठी वितरण गरिएको छ । उक्त पाठापाठी आज (आईतबार) एक कार्यक्रमका बीच सुदूरपश्चिम प्रदेश सरकारकी पुर्व पुर्वाधार विकास राज्यमन्त्री चुन कुमारी चौधरीले किसानलाई हस्तान्तरण गरेकी थिइन ।

उनले महिलाहरुको आर्थिक सशक्तिकरण गर्नको लागि बंगुरका पाठापाठी वितरण गरिएको बताइन् । उनले बंगुरपालनबाट महिलाहरु आयआर्जन गर्न सक्ने भएकाले यसलाई व्यवसायीक रुपमा पालन गर्न किसानहरुलाई आग्रह गरिन । उनले बाटो घाटो पुल पुलेसा संगै कृषिको कार्यक्रममा पनि आफूले जोड दिदै आएको बताउँदै जव सम्म विपन्न समुदाय आर्थिक रुपमा सम्वृद्ध हुँदैनन् तवसम्म सामाजको विकास नहुने बताइन् ।

कार्यक्रममा बोल्दै भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कैलालीका प्रमुख हेम राज अवस्थीले पछिल्लो समयमा बंगुरमा रोगहरु देखिदै आएकाले सचेत रहन किसानहरुलाई सुझाब दिए । उनले अफ्रिकन स्वाइन फिवरको जोखिम पनि भएकाले क्वारेन्टाइन गरेर पात्रै पाठा खोरमा राख्न आग्रह गरे ।

वंगुर पालनका लागि भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रबाट ३० लाखको कार्यक्रम आएको र उक्त कार्यक्रम अन्तरगत बंगुरका पाठा खरिद, दाना बनाउने मसिन, खोर निर्माण र किसानहरुलाई १ दिने तालिम संचालन गरिने जंगली बंगुरपालन किसान समुहले बताएको छ ।

भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मार्फत उक्त वडामा २ समुह मार्फत १५० वटा बंगुर वितरण गर्ने कार्यक्रम रहेको थियो ।  स्थानीय बंगुर पालन किसान समुह र जंगली बंगुरपालन किसान समुह मार्फत बंगुरका पाठापाठी वितरण गरिएका छन्  ।

चिसोबाट बच्ने उपाय सम्बन्धी जारी सन्देश
Leave A Reply

Your email address will not be published.