गेटामा मेडिकल विश्वविद्यालय बनाउनुपर्ने माग गर्दै कैलाली प्रशासनमा धर्ना

अत्तरिया : धनगढी गेटा मेडिकल कलेजलाई शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउन माग गर्दै आईतबार जिल्ला प्रशासन कार्यालय कैलालीको मूल गेटमा धर्ना दिइएको छ ।

सरकारले गेटामा विश्वविद्यालय बनाउने निर्णय गरेको भएपनि अगामी आर्थिक वर्षको बजेटमा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान प्रतिष्ठानका रुपमा स्थापना गर्ने उल्लेख गरेपछि आन्दोलित भएको संघर्ष समितिले धर्ना दिएको हो ।

संघर्ष समितिले सरकारले २९ माघमा मन्त्रिपरिषद् बैठकबाट गेटा मेडिकल कलेजलाई शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउने भनी गरिएको निर्णय कार्यान्वयन गर्न माग गरेको छ ।

संघर्ष समितिका संयोजक लोकराज पाण्डेका अनुसार सरकारले गरेको उक्त निर्णय कार्यान्वयन नभएसम्म आन्दोलनका कार्यक्रम जारी रहने छ ।

आन्दोलनका कार्यक्रम अन्तर्गत सोमबार धनगढीमा सडक बहस कार्यक्रम आयोजना गरिएको संघर्ष समितिका सहसंयोजक आनन्द भट्टले जानकारी गराए ।

संघर्ष समितिले यसअघि प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र समेत बुझाइसकेको छ भने अत्तरियामा सडक बहस लगायतका दबाबमुलक कार्यक्रम गरेको छ ।

चिसोबाट बच्ने उपाय सम्बन्धी जारी सन्देश
Leave A Reply

Your email address will not be published.