गेटामा शहिद दशरथचन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय लेखिएको बोर्ड राखियो

अत्तरिया : कैलालीको गेटामा सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय लेखिएको बोर्ड राखिएको छ । शहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय संघर्ष समितिले (आज)बिहिबार मुल गेटमा होर्डिङ बोर्ड राखेको हो ।

बोर्ड राख्नु अघि संघर्ष समिति लगायत स्थानियले अत्तरियादेखि गेटा सम्म बाजागाजासहित र्याली निकालेका थिए । संघर्ष समितिले आफ्नोे कार्यक्रम अन्तर्गत आज गोदावरी नगर क्षेत्र बन्दको घोषणा गरेको थियो भने अत्तरिया बजार पनि बन्द गरिएको थियो ।

बिहान ८ बजेदेखि गरिएको बन्द साँझ ६ बजे खुलेको हो । बजार, संघसंस्था, कार्यालय लगायत बन्द रहेपनि यातायात भने सञ्चालनमा थिए ।

निर्माणाधिन प्रस्तावित गेटा मेडिकल कलेजलाई सरकारले माघ २९ गते मन्त्रिपरिषदबाट शहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउने निर्णय गरेको थियो । सोही अनुसार जेठ ५ गतेको नीति तथा कार्यक्रम सार्वजनिक गरिएको भएपनि जेठ १५ गते संसदमा पेश गरिएको बजेटमा गेटामा शहिद दशरथचन्द स्वास्थ्य प्रतिष्ठान बनाउने उल्लेख गरिएको थियो ।

बजेटमा प्रतिष्ठान बनाएर १ सय बेडको अस्पताल संचालन गर्ने भनिएपछि संघर्ष समितिले बिरोध स्वरुप शहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय लेखिएको होर्डिङ बोर्ड राखेको हो ।

संघर्ष समितिले मन्त्रिपरिषदको निर्णय अनुसार गेटामा स्वास्थ्य विश्वविद्यालय स्थापना गरेर ६ सय शैय्याको अस्पताल संचालन गर्नुपर्ने माग गर्दै आइरहेको छ भने समितिले बिभिन्न आन्दोलनका कार्यक्रम गर्दै आएको छ ।

चिसोबाट बच्ने उपाय सम्बन्धी जारी सन्देश
Leave A Reply

Your email address will not be published.