धनगढी : धनगढीको कैलाली बहुमुखी क्याम्पसले गर्मी बिदा दिएको छ ।
क्याम्पसले एक सूचना सार्वजनिक गर्दै आइतवारदेखि असार १८ गतेसम्म गर्मी बिदा दिएको हो ।
क्याम्पसले जेठ २८ गते आइतवारदेखि असार १८ गतेसम्म बिदा दिएको जनाएको छ । गर्मी बिदाको समयमा क्याम्पसको प्रशासन भने खुल्ला हुने छ ।
बिहान १० देखि ५ बजेसम्म प्रशासन खुल्ला हुने सूचनामा उल्लेख गरिएको छ ।
