गेटामा विश्वविद्यालय सञ्चालनको माग गर्दै काठमाण्डौंमा एमालेको प्रदर्शन

धनगढी : कैलालीको गेटामा विश्वविद्यालय सञ्चालनको माग गर्दै काठमाण्डौंमा प्रदर्शन गरिएको छ । नेकपा एमालेको सुदूरपश्चिम काठमाण्डौँ सम्पर्क कमिटिको आयोजनामा गेटामा सहिद शदरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनको माग गर्दै प्रदर्शन गरेको हो ।

गेटामा विश्वविद्यालय सञ्चालन गर्न सरकारलाई दबाब दिन बजेट आए लगत्तै आन्दोलन भइरहेको छ । विश्वविद्यालय स्थापनार्थ संघर्ष समितिले कैलालीमा चरणबद्ध आन्दोलन गरिरहेको छ ।

संघर्ष समितिले आन्दोलनको क्रममा बिहीवार कैलालीको अत्तरियामा बजार बन्द गरेको थियो भने गेटामा मुख्य प्रवेशद्वारमा सहिद शदरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालयको बोर्ड राखिएको छ ।

संघर्ष समितिले आज धनगढीमा पत्रकार सम्मेलनको आयोजना गर्दै २८ गते आईतबार प्रदेशभरि आम हड्तालको घोषणा गरेको छ ।

चिसोबाट बच्ने उपाय सम्बन्धी जारी सन्देश
Leave A Reply

Your email address will not be published.