दुर्गालक्ष्मी बहुमुखी क्याम्पसले दियो २३ दिन गर्मि बिदा

धनगढी : कैलालीको दुर्गालक्ष्मी बहुमुखी क्याम्पसले भोलि (आईतबार) देखि २३ दिन गर्मि बिदा दिएको छ ।

जिल्लाको गोदावरी नगरपालिका वडा नम्बर २ अत्तरियामा रहेको क्याम्पसले शुक्रवार एक सूचना जारी गर्दै आईतबार देखि असार १८ गते सम्म गर्मी बिदा दिएको हो । अत्याधिक गर्मी हुनथालेपछि जेठ २८ देखि असार १८ गते सम्म बिदा दिएको सूचनामा उल्लेख छ ।

साथै बिदाको समयमा क्याम्पसको प्रशासन भने बिहान १० देखि ५ बजेसम्म खुला हुने र सत्रान्त परिक्षा सु.प.वि प.नि.का. को कार्यतालिकानुसार निर्धारित मिति र समयमा सञ्चालन हुने सुचनामा उल्लेख गरिएको छ ।

तराइका जिल्लाहरुमा केहि दिन यता तापक्रम बढ्न गइ गर्मी बढेका कारण जनजिवन प्रभावित भएको छ ।

चिसोबाट बच्ने उपाय सम्बन्धी जारी सन्देश
Leave A Reply

Your email address will not be published.