अत्तरियामा यस्तो छ बन्दको प्रभाव (फोटोफिचर)

अत्तरिया : कैलालीको गेटामा सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनको माग गर्दै आज सुदूरपश्चिम प्रदेशमा बन्दको घोषणा गरिएको छ ।

गेटामा स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनार्थ संघर्ष समितिले आज सुदुरपश्चिम पुर्णरुपले ठप्प पारेको हो । प्रदेशको प्रवेशद्वार अत्तरिया बजार पनि बिहान ८ बजेदेखि बन्द रहेको छ ।

अत्तरिया बजारमा अहिले बन्दकर्ताले आवतजावत भईरहेका सवारी साधनहरु पुर्णरुपमा बन्द गरिरहेका छन् ।

अत्तरिया बजार लगायतका क्षेत्रमा ठुलो संख्यामा बन्दकर्ताहरु सडकमा उत्रिएका छन् ।

बन्दलाई समर्थन गर्दै सुदूरपश्चिम प्रदेश सरकारकी पुर्व पुर्वाधार विकास राज्यमन्त्री चुन कुमारी चौधरी पनि सडकमा उत्रिएकि छन् ।

लामो दुरीका सवारीसाधनहरु बन्द रहेका छन भने छोटो दुरीका मोटरसाइकल,अटोरिक्सा लगायतका सवारीसाधनहरु पनि बन्दकर्ताले बन्द गरिरहेका छन् ।

सम्पूर्ण कार्यालयहरु, यातायात, उद्योग कलकारखाना, व्यापार व्यवसाय, निजी तथा सरकारी विद्यालयहरु लगायत अत्यावश्यक बाहेकका सम्पूर्ण सेवाहरु पुर्णरुपमा बन्द रहेका छन् ।‌‌

बिहान ८ बजेदेखि गरिएको बन्द साँझ ६ बजे सम्म रहने संघर्ष समितिले जनाएको छ ।

२०७९ साल माघ २९ को मन्त्रिपरिषद्को निर्णय र २०८० जेठ ५ गतेका दिन संघीय ससदमा प्रस्तुत गर्नु भएको नीति तथा कार्यक्रममा गेटामा शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापना गर्ने भन्ने कुरा उल्लेख भएपनि जेठ १५ गते संसदमा पेश गरिएको बजेटमा गेटामा स्वास्थ्य प्रतिष्ठान बनाउने उल्लेख गरिएपछि संघर्ष समितिले आन्दोनका कार्यक्रम गर्दै आइरहेको छ ।

संघर्ष समितिले बजेटमा १ सय शैय्याको मात्रै अस्पताल संचालन गर्ने कुराको पनि विरोध गर्दै गेटामा भवनको क्षमता अनुसार ६ सय शैय्याको अस्पताल संचालन गरिनुपर्ने माग गर्दै आइरहेको छ ।

आम हड्तालको कार्यक्रममा सुदूरपश्चिम क्षेत्रका यातायात व्यवसायी, उद्योगी, व्यापारी, वुद्धिजिवी, नागरिक समाज, सम्पूर्ण राजनीतिक दलहरु र आम जनसमुदायको समेत ऐक्ववद्धता तथा समर्थन रहेको जनाइएको छ ।

चिसोबाट बच्ने उपाय सम्बन्धी जारी सन्देश
Leave A Reply

Your email address will not be published.