प्रदेश प्रमुखको कार्यालय अगाडी मुख र आँखामा कालोपट्टी बाँधेर धर्ना

धनगढी : गेटामा विश्वविद्यालयको माग राख्दै आज प्रदेश प्रमुखको कार्यालय अगाडि धर्ना दिइएको छ ।

विश्वविद्यालय स्थापनार्थ संघर्ष समितिले आज बिहान १०ः३० बजेबाट प्रदेश प्रमुखको कार्यालय अगाडी मुख र आँखामा कालोपट्टी बाँधेर धर्ना सुरु गरेको हो ।

सरकारले गत माघ २९ गते गेटामा सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापना गर्ने निर्णय गरेको थियो ।

सरकारले जेठ ५ गते ल्याएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा पनि गेटामा विश्वविद्यालय सञ्चालनका लागि ऐन तर्जुमा गर्ने र विश्वविद्यालय सञ्चालनमा ल्याइने उल्लेख थियो ।

तर, जेठ १५ मा ल्याइएको बजेटमा गेटामा एक सय शय्याको अस्पताल र प्रतिष्ठान चलाउने कुरो आएपछि सुदूरपश्चिममा आन्दोलन थालिएको थियो ।

चिसोबाट बच्ने उपाय सम्बन्धी जारी सन्देश
Leave A Reply

Your email address will not be published.