आज सुदूरपश्चिम प्रदेशसभा अगाडी थाल बजाईने 

अत्तरिया : कैलालीको गेटामा सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनाका लागि दवाव दिन आज (बिहिबार) सुदूरपश्चिम प्रदेश सभा अगाडी थाल बजाईने भएको छ । गेटामा सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनार्थ संघर्ष समितिले संघिय संसदमा गेटामा स्वास्थ्य विश्वविद्यालयका लागि संकल्प प्रस्ताव र विधेयक पेश गरिनुपर्ने माग गर्दै थाल बजाउन लागिएको हो ।

संघर्ष समितिका सहसंयोजक आनन्द भट्टले सरकार र सांंसदहरुबाट गेटामा स्वास्थ्य विश्वविद्यालय बनाइने प्रतिवद्धता आएपनि बजेटमा भएको त्रुटी सच्याउन प्रक्रिया अगाडी नबढेकाले आन्दोलनका कार्यक्रम अन्तरगत आज दिउसो ३ बजे प्रदेश सभा अगाडी थाल बजाउन लागिएको बताए ।

संघिय सरकारले आर्थीक बर्ष २०८०/८१ को बजेटमा गेटामा स्वास्थ्य प्रतिष्ठान संचालन गरेर १ सय बेडको अस्पताल संचालन गर्ने भनेपछि सुदूरपश्चिममा संघर्षका कार्यक्रम हुँदै आएका छन । सरकारले माघ २९ गते मन्त्रिपरिषदबाट निर्णय गरेर नीति कार्यक्रममा पनि गेटामा शहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय संचालन गर्ने उल्लेख गरिएपनि बजेटमा प्रतिष्ठान बनाएर १ सय वेडको मात्रै अस्पताल चलाउने बताएको थियो ।

संसदमा बोल्दै अर्थमन्त्री प्रकाशशरण महतले विश्वविद्यालय हुनुपर्नेमा शिक्षा र स्वास्थ मन्त्रालयको कार्यक्रम जुध्दा त्रुटिबस प्रतिष्ठान हुन गएको बताएका थिए । तर, उक्त त्रुटी सच्याउन भने हालसम्म पनि संसदमा कुनै प्रस्ताव पेश गरिएको छैन । विश्वविद्यालयका लागि संसदमा प्रतियागत रुपमा काम अगाडी नबढ्दा संघर्ष समिति पुनः ससंकित भएको छ ।

त्यसैले अब संसदमा तत्काल गरिनुपर्ने विश्वविद्यालय स्थापना गर्ने संकल्पको प्रस्ताव र विधेयक पेश हुनेपर्ने मागलाई प्राथमिकताका साथ अगाडी बढाएको सहसंयोजक भट्टले बताए ।

उनले प्रदेश सभा अगाडी थाल बजाएर गरिने विरोध प्रदर्शनमा सहभागिताका लागि आम सुदूरश्चिमबासिमा आ-आफ्नो घरबाट थाल र चम्मच लिएर प्रदेश सभा अगाडी आउन आग्रह गरिएको बताए ।

चिसोबाट बच्ने उपाय सम्बन्धी जारी सन्देश
Leave A Reply

Your email address will not be published.