गोदावरी नगरपालिकाले आजदेखि नदिजन्य पदार्थ उत्खननमा लगायो रोक 

अत्तरिया : गोदावरी नगरपालिकाले आजदेखि नदीजन्य पदार्थ (ढुङ्गा, बालुवा, गिट्टी) उत्खन्नमा रोक लगाएको छ । नगरपालिकाले बिहिबार एक सूचना जारी गर्दै नदिजन्य पदार्थ उत्खननमा आज देखि रोक लगाएको हो ।

उक्त समयमा नदिजन्य पदार्थ उत्खनन तथा संकलन गरेको पाईएमा जरिवाना समेत तोकेको छ । असार १ गतेदेखि भदौ मसान्तसम्मका लागि नदीजन्य पदार्थ उत्खन्नमा रोक लगाएको गोदावरीले जरिवाना निर्धारण गरेको हो ।

‘असार १ गतेदेखि भदौ मसान्तसम्म नगरपालिका क्षेत्रभित्र रहेका नदी खोलाबाट नदीजन्य पदार्थ उत्खन्न तथा संकलन गर्न नपाइने व्यहोरा सबैमा जानकारी गराइन्छ । उत्खन्न तथा संकलन गरेको पाइएमा नियमानुसार कारबाहीका साथै जरिवाना गरिने छ ।’ नगरपालिकाले जारी गरेको सूचनामा भनिएको छ ।

चालु आर्थिक बर्षमा नगरपालिकाले नदीजन्य पदार्थको रोयल्टी संकलन ठेक्कामा लगाउन खोज्दा पनि नलागेपछि आँफैले कर्मचारी राखेर रोयल्टी संकलन गरेको थियो ।

चिसोबाट बच्ने उपाय सम्बन्धी जारी सन्देश
Leave A Reply

Your email address will not be published.