कञ्चनपुर : कञ्चनपुरमा महिला प्रहरीमाथि दुर्व्यवहार गरेको आरोपमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) योगबहादुर पाल निलम्बित भएका छन् । महिला प्रहरीमाथि दुर्व्यवहार गरेको घटनाको अनुसन्धानका लागि गृह मन्त्रालयले आज (शुक्रवार) एसएसपी पाललाई निलम्बन गरेको हो ।
प्रहरी प्रधान कार्यालयले बिहीवार पाललाई निलम्बनका लागि मन्त्रालयमा पत्र पठाएको थियो । केही दिनअघि महेन्द्रनगरस्थित प्रादेशिक प्रहरी कार्यालयमा कार्यरत प्रहरी कर्मचारीमाथि दुर्व्यवहार गरेको आरोपपछि उनलाई प्रहरी प्रधान कार्यालय तानिएको थियो ।
आफ्नै महिला सहायक हवल्दारलाई कार्यस्थलमा दुव्र्यवहार गरेको आरोपमा उनी लागेको निलम्बनमा परेका हुन् । गृहमन्त्रालयबाट उनलाई ६ महिना निलम्बन गरेर अनुसन्धान गर्न निर्देशन आएसँगै उनी निलम्बनमा परेको नेपाल प्रहरीका प्रवक्ता कुवेर कडायतले बताए ।