गोदावरी-४ खैरानामा जिपको ठक्करबाट एक जनाको मृत्यु

अत्तरिया : कैलालीको गोदावरी नगरपालिका-४ खैरानामा जिपको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।

बिहीबार राति पूर्वपश्चिम राजमार्ग अन्तरगत खैरेनामा प्रदेश ३-०१-०२४च ५१४८ नम्बरको जिपले से३प ८९२५ नम्बरको मोटरसाइकललाई ठक्कर दिंदा घाइते भएका युवकको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा डोटीको शिखर नगरपालिका-९ बस्ने ३५ वर्षीय राजेन्द्रसिंह खड्का रहेका छन् । छाती र मुखमा गम्भीर चोट लागेका उनको धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचारका क्रममा शनिबार राति मृत्यु भएको हो ।

खड्का सवार मोटरसाइकललाई ठक्कर दिने जिप र चालक गोदावरी नगरपालिका- १ का ४२ वर्षीय झलक ऐडीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

चिसोबाट बच्ने उपाय सम्बन्धी जारी सन्देश
Leave A Reply

Your email address will not be published.