प्रधानमन्त्रीकै जिल्लामा कांग्रेसको वडा समितिले गर्‍यो चुनाव बहिष्कार

डडेल्धुरा : प्रधानमन्त्री शेरबहादुर देउवाको जिल्ला डडेलधुरामा कांग्रेसको वडा समितिले चुनाव बहिष्कारको निर्णय गरेको छ ।

Godawari_Tato hawa_Lu

भागेश्वर गाउँपालिका ५ को समितिले चुनाव बहिष्कार गर्ने निर्णय गरेको छ । बहुमतबाट निर्णय गरिउको वडा सभापति जंगबहादुर थापामगरले जनाएका छन् ।

“मंसिर ४ गते हुन गइरहेको प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा वडा कमिटीले समग्र वडाको विकासका लागि राखेका मागहरू विश्वासिलो रूपमा पूरा हुने आधार नदेखिएको अवस्थामा चुनाव बहिष्कार गर्ने र कुनै पनि उमेदवारलाई भोट नदिने निर्णय बहुमतबाट पारित गरिएको जानकारी गराइन्छ,” विज्ञप्तिमा भनिएको छ, “साथै यदि माग सम्बोधनका लागि वार्ता गर्ने अवस्था आएमा जिल्लास्तरका कुनै पनि कांग्रेसका नेताहरूसँग वार्ता नगरी स्वयम् प्रधानमन्त्री शेरबहादुर देउवासँग मात्रै वार्ता गर्ने कुरा जानकारी गराइन्छ ।”

Naba Durga Sunchadi
Leave A Reply

Your email address will not be published.