नेपाल कम्युनिष्ट पार्टीद्वारा मीटर ब्याजका नाईके मुनिर खानको घर जग्गा कब्जा 

धनगढी : नेपाल कम्युनिष्ट पार्टी कैलालीले मीटर ब्याजका नाईके मुनिर खानको घर कब्जा गरेको छ । शनिबार कैलालीको धनगढी उप महानगरपालीका वडा नम्बर १ पशुपती टोलमा रहेको शेख मुनिर खान अहमेदको घर जग्गा कब्जा गरिएको हो ।

नेपाल कम्युनिष्ट पार्टी कैलालीका जिल्ला ईन्चार्ज प्रकाश मल्लले लामो समय देखि कैलालीका सर्बसाधारणलाई मीटर ब्याजमा फसाउदै घर न घाटको अबश्थामा पु¥याएका कयौ मीटर ब्याज पीडितहरुको उजुरीको आधारमा खानको घर जग्गा कब्जामा लिएको जानकारी गराए । शनिबार नेपाल कम्युनिष्ट पार्टीले नारा जुलुश सहित ब्यानर र कालो झण्डा गाडेर खानको घर जग्गा कब्जा गरेको उनले बताए ।

Godawari Nagarpalika

ईन्चार्ज मल्लले लामो समय देखि खानलाई सुध्रिने मौका दिदा पनि नसुध्रिएकाले घर जग्गा कब्जा गरिएको बताउदै अझै नसुध्रिएर जनतालाई दुख दिने काम गरे थप कारबाही गर्न बाध्य हुने जानकारी दिए । उनले  नेपाल कम्युनिष्ट पार्टीले मीटर ब्याज पीडित जनताको आग्रहमा र पार्टीको न्याय विभागमा आएको उजुरीको आधारमा खानको घर कब्जामा लिएको बताए ।

कुख्यात अपराधी खानको अन्य चल-अचल सम्पत्तिको सूचना पाउने बित्तिकै जफन गरिने ईन्चार्ज मल्ले बताए । उनले कब्जा गरिएको उक्त सम्पत्तिको स्वामित्व पनि पीडित जनतामै रहने जानकारी गराए ।

धनगढीको पार्क मोेडबाट नारा जुलुश सहित गएको टोलीले मीटर ब्याजका नाईके खानको घर जग्गा ब्यानर टाँसेर कब्जा गरे पछि स्थानीय समेत खुसी भएका छन । ब्यानर टास्दै गर्दा आएका स्थानीयले खुसी ब्यक्त गर्दै घरमा आगो लगाउने समेतको आक्रोस पोखेका थिए ।

लामो समय देखि कैलालीका सर्ब साधारण नागरिकहरुको जमीन पास बन्दकीको नाममा कब्जा गर्दै आएका खानको घर जग्गा कब्जा गरिए पछि खुसी भएका स्थानीयले खानको विरुद्ध आक्रोश पोखे पनि डर र त्रासका कारण परिचय खुलाउन चाहेनन ।

पार्क मेडबाट सुरु भएको जुलुशमा मीटर ब्याजीलाई कारबाही गरौ, मुनीर खानलाई फासी दिऔ, लघुवित्त र वित्तीय संस्थाहरुको ज्यादती बन्द गरौ, बैज्ञानीक समाजबादी ब्याबश्थाका लागी संघर्ष गरौ, एकीकृत जनक्रान्ती जीन्दाबाद जस्ता नाराहरु लगाइएका थिए ।

Naba Durga Sunchadi
Leave A Reply

Your email address will not be published.