अत्तरिया : कैलालीको गोदावरी नगरपालिकाले नगर भित्रका विद्यालयमा थप तीन दिन गर्मी बिदा दिएको छ । नगरपालिकाले आईतबार एक सूचना जारी गर्दै अत्याधिक गर्मी हुनथालेपछि ६ गते सम्म बिदा थप गरेको हो ।
नगरपालिकाका शिक्षा शाखा अधिकृत प्रयागराज जोशीद्धारा जारी सूचनामा ४ गतेदेखि ६ गतेसम्म बिदा दिईएको छ ।
‘अत्याधिक गर्मी भइ विद्यार्थीको स्वास्थ्यमा प्रतिकुल असर पर्ने सम्भावना रहेकोले वर्षे वा हिउँदे बिदाबाट मिलान हुनेगरी असार ४ गतेदेखि ६ गतेसम्म बिदा दिईएको व्यहोरा निर्देशनानुसार अनुरोध छ’ सूचनामा भनिएको छ ।
यसअघि नगरपालिकाले जेठ २९ गतेदेखि असार ३ गतेसम्म गर्मी बिदा दिएको थियो ।