गोदावरीमा लागुऔषध दुर्व्यसन विरुद्धको जनचेतनामुलक घरदैलो कार्यक्रम शुरु

अत्तरिया : कैलालीको गोदावरीमा लागुऔषध दुर्व्यसन विरुद्धको जनचेतनामुलक घरदैलो कार्यक्रम शुरु गरिएको छ । समुदाय प्रहरी साझेदारीमा लागुऔषध दुर्व्यसनी विरूद्धको घरदैलो कार्यक्रममा ईलाका प्रहरी कार्यालय मालाखेती संग गोदावरी नगरपालिका र उग्रतारा पुरुष तथा महिला सुधार केन्द्र अत्तरियाको सहकार्यमा उक्त कार्यक्रम आजबाट शुरु गरिएको हो ।

‘दुर्व्यसन रोगको समयमै पहिचान गरौ,दुर्व्यसनिलाई हेला र घृणा होईन उपचार गरौ’ भन्ने नाराका साथ शुरु गरिएको कार्यक्रम गोदावरी नगरपालिकाका १२ ओटै वडामा सञ्चालन गरिने भएको छ । अत्तरिया बसपार्कबाट शुरु गरिएको जनचेतनामुलक कार्यक्रम आज  वडा नम्बर २ मा घरदैलो गरिएको छ ।

घरघरमा गएर लागुऔषध दुर्व्यसन विरुद्धका पर्चा पम्पलेट बाडेर अभिभावकहरुलाई सुसुचित गराईने लक्ष्य रहेको ईलाका प्रहरी कार्यालय मालाखेती अत्तरियाका डिएसपी गणेश बरालले बताए । उनले पछिल्लो समयमा लागुऔषधका घटना बढ्दै गएको बताउँदै बिशेष गरी अभिभावकले आफ्ना छोराछोरीलाई निगरानिमा राख्नुपर्ने बताए ।

‘बिशेष गरी अभिभावकले आफ्ना छोराछोरीलाई निगरानिमा राख्नुपर्यो, टाईम दिनुपर्यो । जिम्मेवार अभिभावक पहिलो पाठशाला भएकाले अभिभावकले घर बाहिर जादा र घरमा आउदा यो बिषयमा हेर्नुपर्यो । के चिज खाएर आउछ, कस्तो बानि व्यहोरा भईराछ, कस्तो अवस्थामा को संग संगत रहेको छ ।’ डिएसपी बरालले भने ।

उनले स्कुल र टोलटोलमा गएर कार्यक्रम गरिएता पनि अब यो बिषयमा जनचेतना फैलाउन घरघरमै गईरहेको बताए । उनले प्रहरीले मात्रै एक्लै नसक्ने भएकाले सबै संघसंस्था, विभिन्न क्लव लगायतको सहकार्यमा कार्यक्रम सञ्चालन गरिएको बताए । लागुऔषध एउटा अपराध भएकाले यसले कुनै एक व्यक्तिलाई मात्रै नभएर सिंगो समाज र राष्ट्रलाई नै ध्वस्त बनाउने बताए ।

अहिलेका होनहार युवाको स्वास्थ्यमा प्रतिकुल असर परेर असन्तुलित भएर राष्टलाई नै क्षेति हुने बताए । उनले यस क्षेत्रमा लागुऔषध प्रयोगकर्ताको संख्या धेरै पाएकाले उक्त जनचेतनामुलक कार्यक्रम निरन्तर एक हप्ता सम्म सञ्चालन हुने बताउदै यस क्षेत्रमा लागुऔषध दुर्व्यसन निर्मुल पार्ने लक्ष्य रहेको समेत बताए ।

घरदैलो अभियान कार्यक्रममा सहभागी हुदै गोदावरी नगरपालिकाका नगरप्रमुख बिरेन्द्र भट्टले लागुऔषध सम्बन्धी जनचेतनामुलक कार्यक्रम सबैको लागि भएको बताउदै उक्त कार्यक्रमलाई सबैले साथ दिनुपर्ने बताए ।

उग्रतारा सुधार केन्द्रका संस्थापक बिमल कुमार भट्टले पछिल्लो समय लागुऔषधका कारण कतिपय युवायुवतीले अकालमै ज्यान गुमाउनुका साथै लागुऔषधकै कारण जेल जीवन समेत बिताइरहेका बताए ।

‘हाम्रो समाज घरपरिवार राम्रो बनाउन हाम्रो कर्तव्य हो त्यसैले आफ्नो बालबालिका समाजमा के गरिहेका छन् त्यसमा ध्यान दिनु जरुरी छ’ उनले भने ‘हाम्रो गाउँ घरमा लागुऔषध प्रयोग गरिरहेको देखेमा सम्बन्धित परिवार र समाजकाले समयमै जानकारी गराउनु पर्छ ।’ उनले यस कार्यक्रमले लागुऔषध नियन्त्रण गर्न ठुलो मद्दत पुग्ने बताए। उग्रतारा सुधार केन्द्रले कुलतमा फसेकाहरुललाई काउन्सिलिङ गरेर फेरि पहिलेकै अवस्थामा ल्याउने काम गरिरहेको छ ।

जनचेतनामुलक कार्यक्रममा समाजसेवी युवा सन्तोष भट्टले यो अभियानले अभिभावक र युवायुवतीलाई लागुऔषध दुर्व्यसन विरुद्ध सचेत गराई सकारात्मक सन्देश जाने आसा लिएको बताए ।

त्यस्तै दुर्गा लक्ष्मी बहुमुखी क्याम्पसका स्ववियु सभापति भुवन महराले पछिल्लो समयमा गलत बाटोतिर हिडिरहेका युवायुवतीलाई लागुऔषध दुर्व्यसन विरुद्धको अभियानले सचेत गराउनुका साथै छुटकरा दिलाउन मद्दत पुग्ने बताए ।

चिसोबाट बच्ने उपाय सम्बन्धी जारी सन्देश
Leave A Reply

Your email address will not be published.