धनगढी : देशव्यापी रुपमा हिन्दी फिल्म ‘आदिपुरुष’मा समावेश भएको विवादित डायलगको चर्को आलोचना भईरहेको बेला धनगढीमा पनि शो प्रदर्शनीमा रोक लगाइएको छ ।
धनगढीमा रहेको एसटिएस सिनेमा हलले ‘आदिपुरुष’को प्रदर्शनमा रोक लगाएको हो । एसटिएस सिनेमा हलले सोमबारदेखि स्वस्फूर्त रुपमा ‘आदिपुरुष’को प्रदर्शमा रोक लगाउने निर्णय गरेको हो ।
फिल्लमा समावेश भएको ‘जानकी भारतीय छोरी हन’ भन्ने डायलगले नेपालको राष्ट्रियता र सांस्कृतिक एकतामाथि प्रहार गरेको भन्दै सोमबारदेखि ‘आदिपुरुष’को सम्पूर्ण शो रोकेको एसटिएस सिनेमाले जनाएको छ ।
सोमबार साँझ ५ बजेको ‘शो’का लागि भएको टिकट बुकिङ पनि रद्ध गरिएको छ।