सवारी दुर्घटनामा घाईते सुदूरपश्चिम प्रदेशका कानुन मन्त्री सिंहको निधन

धनगढी : सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री पृथ्वीबहादुर सिंहको उपचारका क्रममा निधन भएको छ । मंगलबार बझाङमा सडक दुर्घटनामा परेर गम्भीर घाइते भएका मन्त्री सिंहलाई तत्कालै उपचारका लागि नेपाली सेनाको हेलिकप्टरबाट नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा लगिएको थियो।

उनको कोहलपुस्थित मेडिकल कलेजमा उपचारका क्रममा मंगलबार बेलुकी ५ः ३३ बजे निधन भएको हो । मन्त्री सिंहसँगै घाइते भएका सवारी चालक धर्मराज जोशी र मन्त्रीका पिएसओ प्रहरी सहायक हवल्दार दीपक भण्डारीलाई पनि कोहलपुर लगिएको थियो ।

बझाङका निमित्त प्रमुख जिल्ला अधिकारी सत्यकुमारी जोशीका अनुसार आज दिउँसो बझाङमा भएको सडक दुर्घटनामा परेर मन्त्री सिंहकी धर्मपत्नी अमृता सिंह र भाउजू जयादेवी सिंहको घटनास्थलमै मृत्यु भएको थियो ।

मन्त्री सवार गाडी मंगलबार दिउँसो पौने २ बजे बझाङको केदारस्यु गाउँपालिका वडा नम्बर १ स्थित कालंगा नदी किनारमा दुर्घटना भएको हो।

Naba Durga Sunchadi
Leave A Reply

Your email address will not be published.