आज अत्तरियामा प्रदर्शन गर्दै बजार बन्द

अत्तरिया : कैलालीको अत्तरियामा आज बजार बन्द गरिदै छ । शहिद दशरथचन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनार्थ संघर्ष समितिले अत्तरिया बजार बन्द गराईरहेका छन् ।

गेटामा निर्माणाधिन शहिद दशरथचन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालयको विधेयक चालु संसदबाटै अनुमोदन गरिनुपर्ने लगायतका माग गर्दै आन्दोलन गरिरहेको संघर्ष समितिले आज अत्तरियामा प्रदर्शन सहित बजार बन्द गराउदै छ । संघर्ष समितिले हिजो नै एक सूचना जारी गरी आज अत्तरिया बजार बन्द सहित प्रदर्शन गर्ने जनाएको थियो । उक्त निर्णय अनुसार अहिले बिहान १० बजेदेखि अतरियामा पसल बन्द गर्दै प्रदर्शन गरिरहेका छन् ।

समितिले मंगलबार गरेको आन्दोलनका क्रममा ४ जना पक्राउ परेका छन । सघर्ष समितिले मंगलबार ३ घण्टा सरकारी गाडी बन्द गर्ने कार्यक्रम अन्तरगत बाँके जिल्ला अदालतको सरकारी गाडीमा तोडफोड भएपछि दुईजना पक्राउ गरेको थियो भने इलाका प्रहरी कार्यालय अगाडी गरेको प्रदर्शनका क्रममा थप दुईजनालाई पक्राउ गरेको थियो ।

संघर्ष समितिले सरकारले जेठ १५ गते बजेटमा गेटामा स्वास्थ्य प्रतिष्ठान बनाएर १ सय शैय्याको अस्पताल बनाउने घोषणा गरेपछि करिब २ साता देखि आन्दोनलका कार्यक्रम गर्दै आइरहेको छ । हाल सरकारका प्रधानमन्त्री र अर्थमन्त्रीले बजेटमा त्रुटी भएको स्वीकार गर्दै बजेटमा सच्याएर विश्वविद्यालय स्थापना गरिने जनाएपनि त्यसको सुनिश्चितता नभएकाले आन्दोलन जारी रहेको संघर्ष समितिले जनाएको छ ।

गेटामा सरकारले मन्त्रिपरषदबाट माघ २९ गते शहिद दशरथचन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापना गर्ने निर्णय गरेको थियो । त्यसपछि जेठ ५ गते नीति तथा कार्यक्रममा पनि विश्वविद्यालय स्थापना गर्ने भनिएपनि बजेट भाषणमा प्रतिष्ठान बनाउने उल्लेख गरिएको थियो ।

चिसोबाट बच्ने उपाय सम्बन्धी जारी सन्देश
Leave A Reply

Your email address will not be published.