मन्त्री सिंहको पार्थिव शरिर अन्त्येष्टिका लागि हेलिकप्टरद्वारा बझाङ लगियो

अत्तरिया : मंगलबार सडक दुर्घटनामा परी निधन भएका सुदूरपश्चिमका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहको पार्थिव शरीरलाई अन्त्येष्टिका लागि बझाङ लगिएको छ । आज (बुधबार) बिहान प्रदेश सरकारले धनगढीको रंगशालामा श्रद्धाञ्जलीका लागि राखेर उनको अन्त्येष्टिका लागि नेपाली सेनाको हेलिकप्टरमार्फत गृह जिल्ला बझाङ लगिएका हो ।

श्रद्धाञ्जलीका लागि मुख्यमन्त्री मन्त्री तथा प्रदेश सभासदस्यहरु धनगढी रंगशालामा पुगेर श्रद्धाञ्जली दिएका छन् । मन्त्री नियुक्त भएको ३०औं दिनमा पहिलो पटक गृह जल्ला बझाङ जाने क्रममा सिंह सवार सुपप्र ०१००१ झ ४८० नम्बरको गाडी बझाङको केदारस्युँ गाउँपालिकाको धारछडानजिकै दुर्घटना भएको थियो ।

दुर्घटनालगत्तै उपचारका लागि कोहलपुरस्थित नेपालगन्ज मेडिकल कलेज पु¥याइएका सिंहलाई अस्पतालले मृत घोषणा गरेको थियो । उनको शव मंगलबार राति धनगढी ल्याइएको हो । प्रदेश सरकारले बुधबार प्रदेशभर शोक बिदा दिएको छ ।

मन्त्री सिंहसँगै दुर्घटनामा परेका पत्नी अमृता सिंह र भाउजू जयादेवी सिंहको बझाङको स्थानीय देउरा प्राथमिक स्वास्थ्य केन्द्रमा मृत्यु भएको थियो । उनीहरुको शव मंगलबार साँझ सदरमुकाम चैनपुर पु¥याएर जिल्ला अस्पतालमा राखिएको छ ।

मन्त्री सिंहसहित उनको परिवार चैनपुरस्थित घरको प्रतिष्ठा पूजा र ढडार मष्टाको पूजा गर्न धनगढीबाट हिँडेका थिए । दिवंगत सिंह दम्पतीका दुई छोराबुहारी र दुई नातिनातिना छन् ।

चिसोबाट बच्ने उपाय सम्बन्धी जारी सन्देश
Leave A Reply

Your email address will not be published.