दुर्घटनामा परी मृत्यु भएका मन्त्री सिंह सहित तीनै जनाको शनिवार दाहसंस्कार गरिने

बझाङ : दुर्घटनामा परी मृत्यु भएका सुदूर पश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री पृथ्वी बहादुर सिंह, उनकी पत्नी र भाउजुको दाहसंस्कार शनिवार बझाङमा गरिने भएको छ । स्वर्गीय मन्त्री सिंहका जेठो छोरा नर्वेमा छन् । जेठो छोरा शुक्रवार नेपाल आईपुग्नेछन् ।

त्यत्तिञ्जेल स्वर्गीय मन्त्री सिंह सहित तीनै जनाको शव जिल्ला अस्पतालमा राखिनेछ । जेठो छोरा आएपछि शनिवार स्वर्गीय सिंह दम्पत्ती र उनकी भाउजु जयाको दाहसंस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ ।

गाडी दुर्घटनामा मृत्यु भएका सुदूर पश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री पृथ्वी बहादुर सिंहको पार्थिव शरीर धनगढीबाट बुधवार दिउसो हेलिकोप्टरमा बझाङ लगिएको थियो ।

आज बिहानदेखि श्रद्धाञ्जलीका लागि धनगढीको रंगशालामा राखिएको स्वर्गीय मन्त्रीको शव मुख्यमन्त्री कमल बहादुर शाह, प्रदेश सरकारका मन्त्री, स्थानीय तहका प्रमुख, सर्वसाधारण, आफन्त र पार्टीका कार्यकर्ता तथा शुभेच्छुकहरुले श्रद्धाञ्जी अर्पण गरेपछि दिउसो १२ः१५ बजे बझाङ लगिएको हो ।

धनगढीबाट बझाङ जाने क्रममा सुदूर पश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री पृथ्वी बहादुर सिंह, उनकी पत्नी अमृता र भाउजु जयाको मंगलवार दिउसो १ः४५ बजे केदारस्यु गाँउपालिका–१ झारछडामा गाडी दुर्घटनामा परी मृत्यु भएको थियो ।

चिसोबाट बच्ने उपाय सम्बन्धी जारी सन्देश
Leave A Reply

Your email address will not be published.