अत्तरिया : कैलालीको गोदावरी नगरपालिकाको दशौ नगर सभा आज शुरु भएको छ । सभाको एक कार्यक्रमका बिच नगरप्रमुख बिरेन्द्र भट्टले उदघाटन गरेका छन् ।
नगरसभाको खुला सत्रमा नगरपालिकाले आगामी आर्थिक बर्ष २०८०/०८१ को बार्षिक नीति कार्यक्रम संगै बजेट सार्वजनिक गरेको छ । नगरसभामा आर्थिक बर्ष २०८०/०८१ को लागि झण्डै रु १ अर्ब २२ करोड ९४ लाख ७० हजार को बजेट सार्बजनिक गरिएको हो ।
जसमा चालुतर्फ ७६ करोड २८ लाख ६२ हजार र र पूजीगत तर्फ ४६ करोड ६६ लाख ८ हजार हुने जनाइएको छ ।
आम्दानीको श्रोतमा नेपाल सरकारबाट प्राप्त हुने संघीय वित्तिय समानीकरण १८ करोड ४२ लाख, संघीय राजश्व बाँडफाँडबाट १७ करोड १ लाख ९२ हजार, संघीय सशर्त अनुदान बाट ३७ करोड ५२ लाख, संघीय विशेष अनुदानबाट ३ करोड, संघीय समपुरक अनुदानबाट ८० लाख, प्रदेश वित्तिय समानीकरणबाट १ करोड ६९ लाख ४३ हजार, प्रदेश राजश्व बाँडफाँडबाट ६३ लाख ३० हजार, स्थानीय राजश्वबाट ६ करोड ५६ लाख १५ हजार, आन्तरिक स्रोतबाट १२ करोड ५४ लाख ९० हजार, संचित कोष बैंक मौज्दातबाट २४ करोड ५० लाख प्राप्त हुने जनाईको छ ।
गोदावरी नगरपालिका वडा नम्बर १२ का वडा अध्यक्ष भिम बहादुर खड्काले नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन् । कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधि, संघ संस्थाका प्रतिनिधि, गोदावरीका १२औटै वडाका जनप्रतिनिधि लगायतको सहभागीता रहेको छ ।