गोदावरीमा एमालेबाट निर्वाचित जनप्रतिनिधिहरुले गरे नगरसभा बहिष्कार

अत्तरिया : कैलालीको गोदावरी नगरपालिकामा नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधिहरुले नगरको दशौ नगरसभा बहिस्कार गरेका छन । नगरसभामा प्रस्तुत हुने बजेट एक हप्ता अगाडी नै आफुहरुलाई दिईनुपर्ने बताउदै उनिहरुले नगरसभा बहिस्कार गरेका हुन ।

नगरको वडा नं. ७ की वडाध्यक्ष कलावती साउँदले नगरसभामा प्रस्तुत हुने बजेट आफुहरुले एक हप्ता अगाडी नै थाहा पाउनुपर्ने बताईन । उनले बजेटको बारेमा आफुहरुलाई छिटो जानकारी भए सोही अनुसारको मानसिकता हुने र एजेण्डाहरुको बारेमा जानकारी राख्न समेत सजिलो हुने बताईन ।

‘नगरका एजेण्डाका बारेमा हामीलाई कहिले पनि जानकारी हुदैन, एजेण्डा पठाउनुहुन्छ, कार्यपालिका बैठकमा हामीलाई जानकारी हुदैन, भोली बैठक हुन्छ आज साँझ मेसेज पठाउनुुहुन्छ’ उनले भनिन् ‘भोली कार्यपालिका बैठक हुन्छ आज एजेण्डा पठाउनुहुन्छ, त्यो एजेण्डा हामीले अध्ययन गर्ने कि नगर्ने ? त्यही भएर हामी यो नगरसभा स्विकार गर्दैनौ ।’

उनले सहमती र सहकार्य सबैसँग गरिनुपर्ने बताईन । नगरको डल्लो बजेट पनि आफ्नो नजिकको मान्छे भएको ठाउँमा मात्रै हाल्ने गरिएको उनले बताईन । यस्तै नगरउपप्रमुख शारदा रोकायाले डल्लो बजेट राख्न नहुने बताईन । उनले यसअघिको डल्लो बजेट एकलौटी रुपमा दुई तिन वडाहरुमा मात्रै गएको बताईन ।

उपमेयरसहितका केही जनप्रतिनिधिहरुको बहिस्कारका बाबजुद नगरसभा चलिरहेको छ । नगरसभा बहिस्कार गरेर हल बाहिर निस्कीएका एमाले निकट जनप्रतिनिधिहरुले पुनः हलभित्र प्रवेश गरेर नाराबाजी गरेका थिए ।

चिसोबाट बच्ने उपाय सम्बन्धी जारी सन्देश
Leave A Reply

Your email address will not be published.