अत्तरिया उद्योग बाणिज्य संघको नयाँ नेतृत्वको लागि खडका समुहको प्यानल घोषणा

अत्तरिया : कैलालीको अत्तरिया उद्योग बाणिज्य संघमा नयाँ नेतृत्व चयनका लागि भोली (आइतबार) चुनावी अधिबेशन हुने भएको छ । उक्त चुनावी अधिवेशनका लागि दल बहादुर खड्का समुहको प्यानल घोषणा गरिएको छ । आज (शनिबार) पत्रकार सम्मेलन गरेर बरिष्ठ उपाध्यक्षमा खड्का समुहको प्यानल घोषणा गरिएको हो ।

अध्यक्ष बाहेकका पदमा उम्मेदवारी दिएको उक्त समूहबाट उपाध्यक्षमा फागुराम चौधरी र रमेश कडायत रहेका छन । त्यस्तै महासचिबमा अर्जुन खड्का, सचिबमा हर्क बहादुर बिक, कोषाध्यक्षमा मिना देउबा रहेका छन । सदस्यहरुमा योसोदा चोखाल, नवीन साउँद, लक्ष्मण धामी, दिल बहादुर शाहु रहेका छन ।

अध्यक्षमा हालका बरिष्ट उपाध्यक्ष कल्याण सिं बोहरालाई दुबै प्यानलले समर्थन गर्ने भएका छन । उम्मेदवारी घोषणा सभालाई सम्बोधन गर्दै बरिष्ठ उपाध्यक्षका उम्मेदवार खड्काले उद्योग बाणिज्य संघलाई संस्थागत बनाउन यो टिमको उम्मेदवारी रहेको दाबी गरे । उनले सबै ब्यापारीको सुखदुखमा अब आफुहरुको टिम आजै देखि लाग्ने बताए ।

सस्थापन पक्षका बाँकी उम्मेदवारको नाम भने अझै आधिकारीक रुपमा सार्वजनिक गरिएको छैन । खड्का समुहको प्यानल घोषणा गर्न आयोजित सभामा नेपाली कांग्रेस, नेकपा माओवादी, राप्रपा, रास्वपाका नगर सभापति÷अध्यक्षहरुको सहभागिता रहेको थियो । पत्रकार सम्मेलनमा उपस्थिीत नभएपनि उक्त समहुलाई एमालेको पनि समर्थन रहेको जनाइएको छ ।

चिसोबाट बच्ने उपाय सम्बन्धी जारी सन्देश
Leave A Reply

Your email address will not be published.